चिनियाँ राजदूतले भेटे काठमाडौंका मेयर, सहरी विकासको सहकार्यबारे छलफल


काठमाडौं, २५ फागुन । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई भेटेका छन् ।

राजदूत सोङले आज महानगरको कार्यालमा रहेको मेयरको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।

सो क्रममा उनीहरुले सहरी विकासको सहकार्यबारे छलफल गरेको बताईएको छ ।

यसअघि अमेरिकी राजदूतले पनि मेयर साहसँग भेटवार्ता गरेका थिए ।