स्ववियु निर्वाचनमा जनमतका आधारमा टिकट दिन्छौं– दुजाङ शेर्षा (भिडियोसहित)


काठमाडौं, २६ फागुन । नेपाल विद्यार्थी संठन (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका संस्थापक नेता देशको राष्ट्रपति हुनु सबैका लागि गौरव भएको बताए । हिजो (बिहीबार) नेविसंघको संकल्प सभालाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले नेविसंघका संस्थापक नेता देशको राष्ट्रपति हुनु र पोखरा इन्जिनियरिङ कलेजबाट नेविसंघले स्ववियु निर्वाचनमा क्लीन स्वीप गर्नु आगामी स्ववियु निर्वाचनका लागि शुभ संकेत भएको बताए ।

‘आज नेपाल विद्यार्थी संघका संस्थापक नेता यो देशको राष्ट्रपति हुनुभएको छ । सम्पूर्ण विद्यार्थी साथीहरुमा यो अन्यन्त गौरवको विषय हो । आज यो शुभ सन्देशले स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचनमा हामीले कास्कीको पोखरा इन्जिनियरिङ कलेजबाट नेपाल विद्यार्थी संघको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्लीन स्वीप गरिरहेको अवस्थामा आज हामीले यो देशको राष्ट्रपति पनि नेविसंघको नेता पाउँदै गर्दा अत्यन्त गौरान्वित हुने मौका हामीले पाएका छौं,’– उनले भने ।

आगामी स्ववियु निर्वाचनका लागि जुन कलेजमा जसको बढी जनमत छ, उसैलाई टिकट दिने उनले बताए । ‘नेपाल विद्यार्थी संघको टिकट वितरण हुँदै गर्दा सम्पूर्ण साथीहरुलाई न्याय महशुस हुने गरी जुन कलेजमा जसको बढी जनमत छ, जसको बढी पपुलरारिटी छ, त्यही व्यक्तिलाई टिकट दिने पनि म तपाईँहरु माझ प्रतिवद्धता जाहेर गर्न चाहन्छु,’- उनले भने ।