काठमाडौं, २७ फागुन । जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यादवले आज (शनिबार) संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् ।
त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । यअसघि नेकपा (एमाले) को तर्फबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराईसकेकी छिन् ।




प्रतिक्रिया