प्रधानमन्त्री दाहाललाई कारागारबाट फोन गर्दै रेशमले दिए बधाई (फोटोसहित)


काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएसँगै उनलाई विभिन्न ब्यक्तिहरुले बधाई तथा शुभकामना प्रदान गरिरहेका छन्।

सोमबार विश्वासको मतका लागि संसद भवनमा रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरे लगत्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फोन गर्दै बधाई दिएका हुन्।

टिकापुर घटना प्रकरणमा हाल डिल्लीबजार कारागारमा रहेका चौधरीले उनकी श्रीमती तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको सहयोगमा प्रधानमन्त्री दाहाललाई फोन गर्दै बधाई दिएका हुन्।

प्रधानमन्त्री दाहालले संसद्‍मा सहभागी २ सय ६२ सांसद्‍हरु मध्ये पक्षमा १ सय ७२ प्राप्त गर्दै विश्वासको मत पाएका हुन्।

दाहालले पहिलो पटक पुस २६ गते संसद्‍बाट २७० सहभागी सांसद्‍मध्ये २६८ सांसदको मत पाएका थिए।

Skip This

Omoda E5 Pro