काठमाडौं, २१ चैत्र । जनता जनता समाजवादी पार्टी (जसपा)ले सप्तरी जिल्ला अघ्यक्षलाई कुट्ने इन्सपेक्टरलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
जिल्ला अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवीन थापाले कुटपिट गरेर थुन्ने प्रयास गरेको मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा प्रहरी निरीक्षक थापालाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गरिएको छ।





प्रतिक्रिया