नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी पुसमा


काठमाडौं, २५ चैत्र । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आगामी २०८० साल पुष ६ देखि ८ गतेसम्म हुने भएको छ ।

काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले आगामी पुष ६ गतेदेखि ८ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले महिला विभाग संयोजकमा एलिजा गौतम र कानुन विभाग संयोजकको जिम्मेवारी गीता चौधरीलाई दिएको छ ।