कर्णाली : मन्त्रिपरिषद्‍ले पायो पूर्णता


काठमाडौं, ७ बैशाख । कर्णाली प्रेदश सरकारको मन्त्रिपरिषद्‍ पूर्णता पाएको छ।

कर्णाली प्रदेश सरकारमा बिहीबार नेपाली कांग्रेसका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद्‍ले पूर्णता पाएको हो।

कर्णाली प्रदेशमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन्

उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी नेकपा (माओवादी कन्द्र)की उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन्।