एसीसी प्रिमियर कप : नेपाल र ओमान भिड्दै, टस हारेर ब्याटिङ गर्दै नेपाल


काठमाडौं, वैशाख ८ । एसीसी प्रिमियर कपको समूह ए अन्र्तगत आज नेपाल र ओमानबीच खेल हुँदैछ । अहिले बिहान ९ बजेदेखि सुरु हुने खेदमा नेपालले ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ।

टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ।

नेपालले एसीसी प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। नेपालको यो ५० औं ओडिआई खेल समेत हो । नेपालले यसअघिको खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो। दुबै टिम कपको प्रमुख दाबेदार हुन्।