काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरुको दृष्टिकोणमा सबै राजनीतिक दल समान रहेको बताएका छन् ।
आज (शुक्रबार) शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिलेको रास्वपाको नजरमा अहिलेका राजनीतिक दल सबैमा कुनै फरक नरहेको बताएका हुन् ।
‘तपाईँहरुलाई कांग्रेस–माओवादी भन्दा एमाले कम्फर्टेवल हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,– ‘त्यो एकदमै गलत भाष्य हो । हामी आफैंसँगमात्रै कम्फर्टेवल छौं । हाम्रो दृष्टिकोणमा अहिले भएको सबै राजनीतिक दलहरु समान नै हुन् । फरक देखेको छैन । हिजो सरकारमा रहँदा त्यस्तो किसिमको आक्षेप पनि आए,’– उनले भने । File Photo/Reporters Nepal




प्रतिक्रिया