संसद्‍मा प्रदीप यादवको प्रश्न : टोपबहादुर दोषी नभए किन प्रहरीबाट लुकेर बसे ?


काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टीका सांसद् प्रदीप यादवले एमालेका सचिव टोपबहादुर रायमाझी दोषी नभए किन प्रहरीबाट लुकेर बसेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् यादवले एमाले सचिव टोपबहादुर रायमाझी दोषी नभए किन प्रहरीबाट लुकेर बसेको भन्दै प्रश्न गरेका हुन्।

रायमाझी यदि दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका प्रश्न गर्दै यादवले भने, ‘लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्छ। उनका छोरा पक्राउ पर्नुपर्ने थप बल पुगेको छ। त्यसैले प्रहरीले पक्राउ गरेर छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनुपर्ने हुन्छ। नभए प्रहरीकै काममाथि पनि प्रश्न उठ्नसक्छ।’