९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले मंगलबारको निर्णयअनुसार ६० जना एसपीको सरुवा गरेको जानकारी दिएको हो।
विभागले सरुवा भएका सबै प्रहरी उपरीक्षकले मंसिर महिनादेखिको तलब तथा भत्ता नयाँ पदस्थापन भएको कार्यालयबाटै प्राप्त गर्ने जनाएको छ।
सोहीअनुसार आवश्यक अभिलेख व्यवस्थापन गरिदिन विभागले राष्ट्रिय किताबखानालाई अनुरोधसमेत गरेको छ।




प्रतिक्रिया