मौद्रिक नीतिको त्रैमासिक समीक्षाले ब्याजदार घटाउने छ : गभर्नर अधिकारी


काठमाडौं, २९ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले ब्याजदार घटाउने बताएका छन्।

शुक्रबार राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन्।

उनले भने, ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले ब्याजदार घटाउने छ। घट्दै गएको ब्याजदर अझै घट्ने गरी नै व्यवस्था गरिएको छ। केन्द्रीय बैंकले लिएको लचिलो नीतिले शिथिल रहेको अर्थतन्त्र गतिशील हुने छ। आगामी दिनमा हामीले जारी गर्ने सर्कुलरले सुविधाको विषय थप गर्ने छ। समीक्षाले बैंक वित्तीय संस्थालाई नै कुन ऋणीको कति कर्जा कसरी पुनःतालिकीकरण र पुनःसंरचना गर्ने अधिकार दिएको छ।’