काठमाडौं, २ जेठ । प्रतिनिधिसभा अन्तर्गत सिंहदरबारमा विषयगत समिति ‘मिनी संसद्’ बैठक आजबाट सुरू भएको छ।
संसद् अधिवेशन् सूरु भएको करिब ६ महिनापछि मंगलबारदेखि विषयगत समितिहरूको बैठक संचालन भएको हो।
मिनी संसद्मा समितिहरुको चयन नभइसकेको हुँदा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसिरहेको छ।
मिनी संसद्अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिगरि १० वटा समितिहरु रहेका छन्।
तस्बिर : मुकुन्द कालिकोटे





प्रतिक्रिया