नेकपा एसले भोलि भ्रष्टचारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने


काठमाडौं,३ जेठ । नेकपा एकीकृत समाजवादीले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारवाहीको माग गर्दै भोलि दिउँसो काठमाडौंको माइतिघरमा नेकपा एसले प्रदर्शन गर्न लागेको हो ।

त्यस्तै नेकपा एसले आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेको छ ।