काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालको जघन्य अपराधमा संलग्नले उन्मुक्ति उन्मुक्ति नपाउने बताएका छन् ।
बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा आफ्नै पार्टीका सांसद एवं लुम्बिनी प्रदेशका पुर्वसभामुख पूर्ण घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।
‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ। सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ। शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’
शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अब पछाडि फर्केर हेर्न ठीक नहुने बताएको पनि प्रचण्डले बताए ।
‘गिरिजाप्रसाद र मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाएपछि बेपत्ता छानबिन र सत्यनिरुपणको काम एकै पटक सक्नुपर्छ भनेको हो’, उनले भने, ‘गिरिजाप्रसादले यो समस्यालाई बाँकी राख्न नहुने बताइरहनु हुन्थ्यो। फर्गिभ र फर्गेट गरौँ भन्नु भएको थियो। छानबिनमा लाग्दा शान्ति प्रक्रियामा समस्या आउँछ भन्ने उहाँको धारणा थियो।’




प्रतिक्रिया