काठमाडौं, ८ जेठ । अनेरास्ववियूले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत सहुलियत दिने निर्णय कार्यान्वयन गराउन सरकारसँग माग गरेको छ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई ज्ञापन पत्र बुझाउँदै एकीकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूले माग गरेको हो।
अनेरास्ववियूकी महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देशभर कहीँ पनि कार्यान्वयन नरहेको, लामो दूरीका यात्रामा एक रुपैयाँ पनि छुट नदिने, काठमाडौंमा बिदाको दिन छुट नदिने, ८ बजेपछि नदिने, तीन पाङग्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताइन्।
ज्ञापनपत्रमा उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियू आन्दोलित हुने उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले उक्त कुरा देशभर तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागका डिजि नारायण भट्टराईलाई निर्देशन दिए।





प्रतिक्रिया