नेकपा(एस)ले भ्रष्टचारविरुद्ध सबै जिल्लामा जेठ १६ गते प्रदर्शन गर्ने


काठमाडौं,११ जेठ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध थप संघर्ष गर्ने निर्णय गरेको छ ।

डा. विजय पौडेलको अध्यक्षतामा हिजो बसेको पार्टीको मोर्चा संगठन विभागको बैठकबाट यही जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

काठमाडौंमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको हो।

विभागले यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।