काठमाडौं, ११ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सर्लाही जिल्ला कार्यसमिति गठन गरेको छ । अध्यक्ष साहले जिल्ला कार्यसमिति सर्वसम्मत् रुपमा टुँगो लगाएको भन्दै नाम लिष्ट सार्वजनिक गरेका छन् ।
सर्लाहीको इन्चार्जमा दीपककुमार रानाभाट र अध्यक्षमा तुलसी प्रसाद हुमागाईं चयन भएका छन् । गत बैशाख २७ गते सर्लाहीको इश्वरपुर नगरपालिका बयलवासमा भएको जिल्ला भेलाले १०१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सर्लाही आजपाका बरिष्ठ उपाध्यक्ष बद्रि प्रसाद न्यौपानेको गृहजिल्ला हो । न्यौपानेकै कारण पनि सो पार्टीमा आकर्षण बढेको बताईएको छ । जिल्ला भेला पनि भव्य भएको थियो ।







प्रतिक्रिया