संसद्मा रघुजीको कविता वाचन : दाल केको गहतको, बजेट कस्को महतको


काठमाडौं,२५ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेट दिशाहिन र लक्ष्यहिन भएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथि आफ्नो धारणा राख्दै पन्तले कवितामार्फत् बजेटप्रति टिप्पणी गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई ‘दाल केको गहतको, बजेट कस्को महतको’ भन्दै व्यंग्य गरेका छन् । उनले बजेटमा कुनै कमिटमेन्ट नभएको भन्दै हेर्दा सबैथोक, खोज्दाखेरि केही पनि नभएको प्रतिक्रिया दिएका छन्।

सांसद पन्तले आर्थिक सूचांकहरू सबै नकारात्मक रहेको बताए। पुँजी निर्माणमा पैंसाभन्दा पनि कमिटमेन्ट महत्वपूर्ण हुने बताए। बजेटले जनतालाई छुन नसकेको उनको भनाइ छ।

सांसद् पन्तले वाचन गरेको कविता

दालको केको गहतको
बजेट कस्को महतको

धन्याढ्याको जुँगामा ताउ
गरिबले चाहि हावा खाउ

हुनेखाने मस्तराम
हुँदाखाने ठण्डाराम

बजेट आयो बजेट आयो
अन्तिममा जनता जिल्ला राम ।