काठमाडौं, १७ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मान्छेको गर्भदेखि चिहानसम्मको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले मान्छेको गर्भदेखि चिहानसम्मको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।
उनले निजी बैंक भनेको नाफाको लागि खोलिएको र ती बैंहरूले मिटरव्याज पीडितलाई दुःख भयोकि भनेर ऋण नदिने बताए। त्यसकारण निजी बैंक सामाजिकीकरण र राज्यले जिम्मेवारी लिनुपर्ने उनले बताए।
‘मान्छेको गर्भदेखि चिहानसम्म सरकारले जिम्मा लिनु पर्छ। सरकार भनेको त्यसैका लागि हो। मैले अगाडि पनि भने–मन्त्रीहरु भनेको झण्डावाल गाडीमा सिंहदरबार भित्र वा बाहिर गर्नका लागि होइन। गर्भदेखि चिहानसम्म मान्छेको जिम्मेवारी लिने भए मन्त्री हुनु, होइन भने घर बस्नु। काम गर्न नसक्ने हो भने। गर्नेलाई छोडिदिनु पर्यो,’ उनले भने।




प्रतिक्रिया