काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डा मिनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरिजाबाबु राष्ट्रपति बन्ने वा नबन्ने कुरा प्रमुख नभएको गुनासो गरेका छन्।
सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार नै प्रधानमन्त्री प्रचण्डले भनेको गिरिजाबाबुलाई राष्ट्रपति नबनाएको आफूलाई पश्चाताप रहेको प्रशंगमा नेता रिजालले उक्त जवाफ फर्काएका हुन्।
‘प्रधानमन्त्रीले आज हामीले उहाँसँग बसेर गरेको हस्ताक्षरको हरेक मसीको गहिराईलाई गम्भीरतापूर्वक बुझ्नुभयो भने उहाँको राजनीतिक जीवन गिरिजाप्रसाद कोइराला होइन, अरु थुप्रै काँग्रेसका नेताहरुको सहयोग र सहवासबाट आफ्नो राजनीतिक आकांक्षा नेपाली जनताको सेवा गर्ने अवसर हुनेछ होइन भने गिरिजाप्रसाद कोईराला उहाँले त राष्ट्रपति बनाइन मात्रै भन्नुभयो, बन्ने नबन्नेकुरा गिरिजाबाबुका लागि प्रमुख थिएन।’




प्रतिक्रिया