प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्‍को बैठक डाकेका छन्।

बिहीबार अहिले सिंहदरबारस्थित् मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको छ।

बैठकमा कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र समसामायिक विषयमा छलफल हुने बताइएको छ।