भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली


भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्‍याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको र्‍यालीले नगरपरिक्रमा गरेको थियो ।

उक्त -याली विभिन्न टोल तथा बजार परिक्रमापछि दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित -यालीले भक्तपुरका सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो ।

-यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्र्यापण गरियो । सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए ।

नेपाल संवतकाे नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्पराग गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।