०८४ निर्वाचनमा माओवादी पहिलो शक्ति बन्छः केन्द्रीय सदस्य ढकाल


काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं केन्द्रीय सदस्य डीपी ढकालले आफूहरु ०८४ सालको निर्वाचनसम्म पुग्दा पार्टीलाई कसरी पहिलो शक्ति बनाउने भनेर लागिरहेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी निर्वाचनमा ०६४ को निर्वाचन परिणामलाई उल्ट्उने गरी सफलता हासिल गर्ने बताएका हुन् ।

‘माओवादी पार्टीको रुपान्तरण सम्भव छ । यो देशको क्रान्तिकारी शक्तिको रुपमा जसरी माओवादीको उदय भयो । ०८४ सालको निर्वाचनसम्म पुग्दा कसरी माओवादी पार्टीलाई देशको पहिलो शक्तिको रुपमा स्थापित गर्न सकिन्छ भन्ने चिन्ताको साथ हामी अगाडि बढेका छौं । ०६४ सालमा पनि माओवादीको ५÷१० सिट भन्थे मान्छेहरु । चुनाव हाँक्ने मान्छे हामी ज्यँदैछौं । यो बीचमा माओवादीमा पनि धेरै पसिना बगिसकेको छ,’– उनले भने ।

माओवादीलाई देशको प्रमुख निर्णायक शक्तिका रुपमा स्थापित गर्नका लागि सिंगो केन्द्रीय कमिटीको ध्यान केन्द्रीयत भइरहेको उनले बताए ।