सर्पको टोकाइबाट बैतडीका एक जनाको भारतको दिल्लीमा मृत्यु


काठमाडौं, भदौ १० । सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका घर भएका एक पुरुषको सर्पको टोकाइबाट भारतको दिल्लीमा मृत्यु भएको हो।

जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको छ।

विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्।  उनलाई सुतिरहेको बेला सर्पले टोकेको थियो । मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन् ।