काठमाडौं, १ असोज । इन्द्रजात्रामा ठड्याइने लिङ्गोको काठ काभ्रेको नाला जंगलबाट ल्याइएको छ । परम्परागत रूपमा काठमाडौं उपत्यकासहितका नेवार समुदायले मनाउने इन्द्रजात्रा यस वर्ष असोज ११ गते परेको छ । उक्त काठलाई घिसारेर ल्याउने चलन छ ।
यो जात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुनेछ । Photo By: Mukunda Kalikote/RN





प्रतिक्रिया