उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा आज शोक बिदा (सूचनासहित)


काठमाडौं,१० असोज । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आज गाउँपालिकाभर शोक बिदा दिएको छ।

गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले आज सूचना जारी गर्दै उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको जनाएका हुन्।

यो शोकमा गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बुधबार बन्द गरिएको सूचनामा उल्लेख छ।

Skip This

Omoda E5 Pro