पाकिस्तानलाई पन्छाउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने


काठमाडौं,१९ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

११६ रनको सामान्य लक्ष्य अफ्गानस्थानले १७ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । अफ्गानस्थानका लागि नुर अलि जड्डरानले सर्वाधिक ३९ तथा गुल्बडिन नहिवले नटआउट २६ रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका आरफ्त मिनार र ओसमान क्वादिरले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रनमात्रै जोड्न सक्यो । उसका लागि आमिर युसुफले बनाएको २४ रननै सबैभन्त्दा ठूलो बन्यो । त्यस्तै अमिर जमालले १४ तथाच कप्तान ओसिम आक्रमले १० रन बनाउन बाहेक अन्य ब्याटस्म्यानको ब्याट चल्न सकेन ।

बलिङतर्फ अफ्गानस्थानका फरिद अह्मदले तीन तथा ओसिस अह्मद र जाकिर खानले समान २ विकेट लिए । फाइनलमा पुगेको अफ्गानस्थानले अब उपाधिकार लागि भारतसँग भिड्नेछ । आजै भएको अर्को खेलमा बंगलादेशलाई ९ विकेटले पाखा लगाउँदै भारत उपाधि नजिक पुगिसकेको छ ।

Skip This

Omoda E5 Pro