यूएईविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरी प्लेइङ ११ मा


काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए ।

मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश गरिएको हो । हिजोको म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि प्लेइङ ११ मा छन् । नेपालले टीममा अरु कुनै परिवर्तन गरेको छैन । स्पिनर ललितनारायण राजवंशीलाई सेमिफाइनलमा पनि बाहिरै राखिएको छ ।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।

Skip This

Omoda E5 Pro