त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट निर्माणका लागि प्रक्रिया अघि बढ्‍यो


काठमाडौं,२१ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लड लाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ।

राखेपले सिनामंगलमा कार्यालय भएको एमएसआईपीएल(एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो।

सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानको ठेक्का पाएको हो। राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको छ।

फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) फ्लडलाइट जडानका लागि सरकारसँग माग गर्दै आएको थियो।

ठेक्का लागेसँगै अब कामले तीब्रता पाउने छ। निर्माण भएपछि मैदानमा रातिको खेल सञ्चालन गर्न सहज हुनुको साथै दर्शकलाई पनि सहज हुने छ।

Skip This

Omoda E5 Pro