नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन, स्वर्णिमको ‘नोट अफ डिसेन्ट’


काठमाडौं,२४ कार्तिक । संसद्को अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनेको हो ।

नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।

यसैबीच समितिले सरकरालाई दिएको उक्त निर्देशनप्रति रास्वपाका सांसद डा.स्वर्णिम वाग्लेले भने असहमति जनाएका छन् ।

अरू सांसदले कानुन अनुसार नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन निर्देशन दिने विषयमा सहमति जनाए पनि डा.वाग्लेले भने यो विषय २०६६ सालदेखि कै विषय भएकाले हतारमा निर्देशन दिन नहुने भन्दै असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

Skip This

Omoda E5 Pro