हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन सक्नुहुन्छः महेश बस्नेत


काठमाडौं,७ मंसिर । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले हिंसा लम्ब्याउन परिआएमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं राजावादी बन्न सक्ने दाबी गरेका छन् ।

बिहीबार युवा संघ नेपालले काठमाडौंको तिनकुनेमा गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका बस्नेतले यस्तो आरोप लगाएका हुन् । उनले केपी ओलीलाई गणतन्त्र विरोध भनेर प्रचार गर्नेहरु नै क्रमश आज गणतन्त्रको विरोध गर्नेतहमा पुगेको समेत दाबी गरे ।

उनले भने, ‘हिंसा लम्ब्याउन प्रचण्डजी राजावादी भइदिन पनि सक्नुहुन्छ । हिजो उहाँको पार्टीको महासचिव देव गुरुङले त्यही खालको अभिव्यक्ति दिनुभएको थियो ।’

सरकारविरुद्ध आवाज बुलन्द बनाउने भन्दै आज युवा संघले प्रदर्शन गरिरहेको हो । आजै मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रिता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेको छ ।

Skip This

Omoda E5 Pro