राजसंस्था फर्काउन निर्णायक आन्दोलनका लागि राप्रपाले बनायो लिङ्देनलाई ‘कमाण्डर’


काठमाडौं,३ पुस । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालमा राजसंस्था पुर्नस्थापना लागि निर्णायक आन्दोलन गर्ने भएको छ ।

तीन दिनसम्म काठमाडौंमा चलेको वैठक विभिन्न १३ बुँदे निर्णयसहित सम्पन्न भएको छ । राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने बताएको छ ।

आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।

राप्रपाले मुलुकको बिग्रदो अर्थतन्त्र,आम जनतामा बढ्दो निराशा,चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरू माथिको बढ्दो ऋणभार युवा शक्तिको विदेश पलायन,भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको जनाएको छ ।

आन्दोलनका लागि समान विचार राख्ने दलहरु,अभियान तथा धार्मिक सङ्घ,संगठन, उद्योगी,व्यावसायी,विभिन्न पेशाकर्मीहरु,बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आव्हानसमेत गरेको छ । नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको र आन्दोलनका लागि अध्यक्ष लिङ्देनलाई कमाण्डर तोक्ने निर्णय भएको राप्रपाले जनाएको छ ।

Skip This

Omoda E5 Pro