काठमाडौं,२६ पुस । शनिबारबाट राजधानीमा सुरु हुन लागेको प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेटका लागि मधेश प्रदेशको टिम घोषणा भएको छ । हरिशंकर साहको कप्तानीमा मधेशले १४ सदस्यीय टिम घोषणा गरेको हो ।
१४ सदस्यीय टिमको कप्तानी हरिशंकरले गर्नेछन्।
टिममा हरिशंकरसहित निरज यादव, मयन यादव, अनिल साह, पवन सर्राफ, अरनिको यादव, अविशेक तिवारी, राहुल मण्डल, विशाल पट्टेल, रुपेश सिंह, रञ्जित कुमार, संसद अन्सारी, राजेश यादव र प्रदीप पासवान रहेका छन् ।
प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट पहिलो पटक डवल राउन्ड रोविनको आधारमा हुनेछ । टियु, मुलपानी र भैरहवामा एक साथ प्रतियोगिता सन्चालन हुनेछ । हरिशंकरकै कप्तानीमा मधेशले गत महिना पोखरामा सम्पन्न प्रथम केपी ओली टी २० क्रिकेटको उपाधि उचालेको थियो । file photo




प्रतिक्रिया