हरेक शुक्रबार मन्त्रीले संसद्मा आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुपर्ने


काठमाडौं, ९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज संसदीय दलका सचेतकहरुसँग छलफल गरेका छन् ।

संसद्मा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बोधन नभएको भन्दै प्रश्न उठेपछि आज (मंगलबार) सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख घिमिरे र संसदीय दलका सचेतकहरुसँग भएको छलफलमा हरेक शुक्रबार मन्त्रीले आफू र आफ्नो मन्त्रालयका सन्दर्भमा उठेको प्रश्नको जवाफ दिनुपर्ने बारे सहमति बनेको छ ।

‘‘संसद्मा आवाज उठाइरहेका छौं आफ्नो ठाउँमा छ । तर, त्यो आवाज कार्यान्वयन भएको छैन । सभामुखले बैठक बोलाउनु भएको थियो । आज एउटा क्यालेन्डर लागू गर्ने भन्ने कुरा भएको छ । अब संसद्मा गयो । शून्य समय र विशेष समयमा कुरा उठाउने भनेको छ । त्यो कुरा कहिले पनि समाधान हुँदैन । आजको बैठकमा हरेक शुक्रबारका दिन हरेक मन्त्रालयका मन्त्रीले चाहीँ त्यसको जवाफ दिने सहमति भएको छ,’– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने ।