काठमाडौं, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले बाहुनका छोराहरुले धर्म मासेको टिप्पणी गरेका छन् । आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले बाबुराम भट्टराई, माधव नेपाल, गिरिजाप्रसाद कोइराला, खड्गप्रसाद ओलीलगायतका बहुनका छोराहरुले धर्म निरपेक्षता बनाएर देशको धर्म मासेको बताएका हुन् ।
‘धर्म मास्यौ भनेर हाम्रा आदिवासी दाजुभाइहरुलाई गाली गरेको देख्दा म हाँस्छु । धर्म निरपेक्षता गर्दाखेरी को थिए ? नामै तोकेर भनौं त । बाबुराम भट्टराई बाहुनको छोरा, सिधा कुरा माधव नेपाल बहुनकै छोरा, गिरिजाप्रसाद कोइराला बाहुनकै छोरा, खड्गप्रसाद ओली बाहुनकै छोरा । सबै बाहुनकै छोरा मिलेर यो देशका धर्म मासेको होईन ?’ उनले प्रश्न गरे ।




प्रतिक्रिया