हुम्लामा जिप दुर्घटनाः २ जनाको मृत्यु, ६ घाइते


काठमाडौं, १० चैत । हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज (शनिबार) सु ००१ ज ११८३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी सोही वडाका अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।

दुर्घटनामा परी छ जना घाइते भएका छन् । उनीहरुको परिचय भने खुल्न बाँकी रहेको बताइएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।