उपेन्द्र यादवलगत्तै पत्रकार सम्मेलनको पालो अशोक राईको


काठमाडौं, २६ बैशाख । निर्वाचन आयोगमा अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दल जनता समाजवादी पार्टीका नेताहरुले पार्टीको धारणा सार्वजनिक पत्रकार सम्मेलन राखेका छन् । जसपाले भोलि (बिहीबार) अपरान्ह २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

आजमात्रै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबारे पत्रकार सम्मेलन राखेर आफ्नो धारणा सार्वजनिक गरेका थिए । जसपा, नेपालबाट अलग भएर नयाँ दल बनाएका जसपाका नेताहरुले यादवको पत्रकार सम्मेलनको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन् ।

जसपाका महासचिव मो. इश्तियाक राईले देशको समसामयिक विषयमा धारणा राखिने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo