उपप्रधानमन्त्री महासेठको अपिल : विकासको मामिलामा अब राजनीति नगरौं, दलीय स्वार्थभन्दा माथि उठेर सोचौं


काठमाडौं, २९ बैशाख । उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले सबै राजनीतिक दलले देश विकासको मामिलामा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले विकासको कुरामा कसैले पनि राजनीति गर्न नहुने धारणा राखेका छन् । आज (शनिबार) नेपालको भौतिक पूर्वाधार तथा यतायात क्षेत्र वर्तमान अवस्था र भावी मार्गचित्र विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विकास निर्माण र पूर्वाधार विकासको कामले गति लिन थालेको भन्दै सबै दलले यसप्रति गम्भीरता देखाउनुपर्ने सुझाए । उनले भने,‘राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्छ, अरु बेलामा विकास निर्माणमा लाग्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्नुपर्छ । यसको लागि म सबै दल र नेताहरुलाई आग्रह गर्न चाहन्छु ।’