मधेश प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै {LIVE}


काठमाडौं, २३ जेठ । मधेश प्रदेश सभाको बैठक सुरु भएको छ । केही समयअघि बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका मन्त्रीहरु कोही उपस्थित नभएपनि बैठक १० मिनेटका लागि भन्दै स्थगित गरिएको थियो । प्रदेश सभामा मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित भएपछि बैठक पुन सुरु भएको हो ।

मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरिसकेका छन् । उनले केन्द्रीय मनोविज्ञानलाई थाती राखेर प्रदेश सरकारको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

‘करिब १७ महिनाको मेरो यो कार्यकालमा मैले पाँचौं पटक विश्वासको मत प्राप्त गर्न लागेको हो । मधेश प्रदेशका माननीयज्यूहरुमाथि यो प्रादेशिक व्यवस्था सुदृढ पार्ने विशेष जिम्मेवारी छ । दलीय व्यवस्थालाई आदार गर्दै केन्द्रीय मनोविज्ञानलाई एकछिन थाती राखेर मधेश प्रदेशको विकस, संघीयता बलियो बनाउन मलाई विश्वासको मत प्रदान गर्न सबै माननीय सदस्यहरुलाई अनुरोध गदैछु,’– प्रदेश सभालाई सम्बोधन गर्दै उनले भने ।