इर्कुत्स्कमा गहन युद्धाभ्यास गर्दै रूस


भ्लादिभोस्तक, १२ असाररूसी रणनीतिक क्षैप्यास्त्र बलले दक्षिणपूर्वी साइबेरियाको इर्कुत्स्क क्षेत्रमा यार नामक जमिनमा आधारित क्षेप्यास्त्र प्रणाली समावेश गरी योजनाबद्ध अभ्यास गरिरहेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले भनेको छ, “इर्कुत्स्क क्षेप्यास्त्र एकाइका सैनिकले गस्ती क्षेत्रमा सघन युद्धाभ्याससहितका युद्ध गतिविधि गर्ने कार्य गरिरहेका छन् ।”

मन्त्रालयका अनुसार यस मिसाइल प्रणाली (पिजिआरके) का चालक दलहरूले एक सय किलोमिटरसम्मको दूरीमा पदयात्रा गर्ने, स्थलगत अवस्था परिवर्तनका साथ एकाइ बिस्तार गर्ने, इन्जिनियरिङ उपकरण प्रयोग गर्ने र छद्यरूप धारण गरी युद्धमा सुरक्षा उपायहरू स्थापना गर्ने जस्ता विभिन्न गतिविधिहरू गरिरहेका छन् ।

सेनाले तोडफोड र जासुसी समूहद्वारा उत्पन्न चुनौतीको पनि अनुगमन तथा सम्बोधन गरिरहेको मन्त्रालयले जनाएको छ ।

युद्धाभ्यासको एक हिस्साको रूपमा, मिसाइल एकाइ र उप–एकाइले प्रणालीहरू लुकाउनका लागि वन क्षेत्रमा गतिविधि विस्तार गरिएको छ । रासस

Skip This