काठमाडौं, ४ साउन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । सांसद थापाकी आमा अम्बिका थापाको ८३ वर्षको उमेरमा निधन भएको थियो ।
अध्यक्ष गुरुङसहित तरुण दलका केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) नवौं दिनको पुण्य तिथिको अवसरमा उनको निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् ।










प्रतिक्रिया