REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
भारतीय राजदुत राकेश सुदद्वारा ने रु. १.९८ करोड सहगोग
सुर्खेत, २४ कार्तिक । भारतीय महामहिम राजदुत राकेश सुदले सुर्खेत जिल्लाको श्री नेपाल माध्यामिक विद्यालयलाई ने रु. १.९८ करोड सहगोग गर्नु भएको छ । महामहिम राजदुत सुदले सुर्खेत जिल्ला भ्रमणको क्रममा आज नेपाल भारत आर्थीक सहयोग कार्यक्रम अन्र्तगत नेरु. १.९८ करोड श्री नेपाल माध्यामिक विद्यालयको शिलान्यास गर्नुहुदै सो सहयोग गर्नु भएको हो । उक्त परियोजना सुर्खेत जिल्लामा सञ्चालित दोस्रो विकास परियोजना हो ।
November 11 2010
हत्याको विरोधमा पूर्वका औषधी पसल आज पनि बन्द
विराटनगर २५ कार्तिक । मंगलबार राति अज्ञात् समूहको गोली प्रहारबाट विराटनगरमा औषधि व्यवसायीको हत्या भएको विरोधमा आजपनि औषधि पसलहरु बन्द गरिएको छ ।
November 10 2010
गाईको बध गर्नेलाई कारवाही गर्न चुरेभावरको माग
काठमाडौं २४ कात्तिक । लक्ष्मी पूजाका दिन सिराहा जिल्लाको लहानमा गाईको बध गरेर मासु खाएको घटनाप्रति चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आपत्ति प्रकट गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव भूमिराज निरौलाले आज एक प्रेस विज्ञप्ती जारी गरेर सिराहा जिल्लाको लहान नगरपालीकामा कात्तिक १९ गते हिन्दूहरुको पूजनिय गाईलाई बध गरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले यस्ता
November 10 2010
बलात्कारी प्रहरी नियन्त्रणमा
प्यूठान २३ कार्तिक । बलात्कार गर्ने एक जनालाई प्यूठान प्रहरीले पक्रेको छ । प्यूठानको बिजुली गाबिस ४ मा कि एक यूवतीलाई हिजो बलात्कार गर्ने सुदन थापालाई प्रहरीले पक्राउ गरेको हो ।
November 09 2010
पाँच लाखको पटका नष्ट
रुपन्देही २० कार्तिक । रुपन्देहीको विभिन्न स्थानहरुबाट बरामद गरिएका पाँंच लाख मूल्य बराबरको पटका प्रहरीले नष्ट गरेको छ ।
November 06 2010
फिरौती पछि दुई बालक अपहरणमुक्त
काठमाडौ १७ कार्तिक । अपहरणको १६ घन्टापछि दाङ नारायणपुरका दुई बालकलाई फिरौती तिरी मुक्त गराइएको छ । नारायणपुर गाबिस वडा नम्बर ३ चारबगिया निवासी १३ बर्षीय सुरेश घर्ती र सोही ठाउँका १५ बर्षीय गोपाल बाठालाई हिजो अपरान्ह अभिभाबकले फिरौती तिरी मुक्त गराएका हुन् । २ स्कुले बालकलाई बन्धक बनाएकाहरुले ३० हजार रुपैयाँ दिएपछि रिहा
November 01 2010
बारामा शिक्षकको हत्या
बारा, १४ कार्तिक । बारामा गएराति एक शिक्षकको गोली हानी हत्या गरिएको छ । बाराको महेन्द्र आदर्श च्युटाहा गाविस वडा नम्बर ९ घर भएका शिक्षक ३० वर्षिय सुरेश पटेलको सशस्त्र समुहले गोली हानी हत्या गरेको हो ।
October 30 2010
नवलपरासीमा दुई जनामा डेगु
नवलपरासी १२ कार्तिक । नवलपरासीको डण्डामा रहेको मध्यविन्दु सामुदायिक अस्पतालमा आज मात्रै दुई जना डेंगुका रोगी फेला परेका छन् ।
October 29 2010
जनकपुरमा गोली चल्यो
काठमाडौ ११ कार्तिक । जनकपुरमा आज बिहान गोली चल्दा जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झा घाइते हुनुभएको छ ।
October 28 2010
बाल र मातृ मृत्युदर कम भएकोमा नर्वे खुशी
काठमाडौं ८ कार्तिक । नेपालले बाल मृत्युदर घटाउने तथा मातृ स्वास्थ्य सुधारमा उल्लेख्य प्रगति हाँसिल गरेकोमा नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टेनवर्गले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री माधवकुमार नेपाललाई पठाएको पत्रमा स्टोल्टेनवर्गले संयुक्त राष्ट्रसंघले सन् २०१५
October 25 2010
छिमेकीको कुटाईबाट मृत्यु
सिराहा ७ कार्तिक । जग्गा सम्बन्धिको विवादले उग्र रुप लिएपछि भएको झडपमा परि एक जनाको मृत्यु भएको छ ।
October 24 2010
ताप्लेजुङ्मा पर्यटक लुटिए
काठमाडौ ६ कार्तिक । ताप्लेजुङको काचनजङ्घा आधार शिवीर जान हिडेका बिदेशी पर्यटक जिल्लाको थिवा र छिरुवा बीचको जंङ्गलमा लुटिएका छन् ।
October 23 2010
बलात्कारमा संलग्न प्रहरी हवलदार सहित ३ जना पक्राउ
महेन्द्रनगर ५ कार्तिक । महिलामाथि वलात्कार गर्न खोजेको भन्दै कन्चनपुरमा प्रहरीले शसस्त्र प्रहरी वरिष्ठ हवल्दारसहित ३ जनालाई पक्राउ गरेको छ । गत असोज २० गते महेन्द्रनगरमा डेरा गरि वस्ने एक महिलालाई जर्वरजस्ती वलात्कार गर्न खोजेको भन्दै सीमा सुरक्षा वल महेन्द्रनगरमा कार्यरत प्रहरी हवल्दार गंगा चन्द पक्राउ परेका हुन् ।
October 22 2010
धादिङमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौ ३ कार्तिक । पृथ्बी राजमार्ग अन्तर्गत धार्केको चालिसे सडक खण्डमा आज दिउँसो करिब १ बजे मोटर साइकल र बस एकआपसमा ठक्कर खाँदा दुइजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
October 20 2010
छुरा हानी भाग्ने दुई पक्राउ
कैलाली २ कार्तिक । बझाङमा एक युवालाइ छुरा प्रहार गरी फरार रहेका तिनजना मध्ये दुइजनालाइ प्रहरीले कैलालीको अत्तरियाको बसबिसौनीबाट आज बिहान पक्राउ गरेको छ ।
October 18 2010
चार दिनदेखि बेपत्ता बालिका भेटिइनन्
पर्वत २५ असोज । आफ्नै घरबाट बेपत्ता बनेकी पर्वत सदरमुकाम शिवालय गाविस ७ की १४ वर्षका बालिका सुधा पौडेल आज चौथो दिनसम्म फेला परेकी छैनन् । गएको बिहीबारदेखि सम्पर्क बाहिर रहनुभचएका सुवेदीको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन् । घर नजिकै रहेको कालीगण्डकी एकेडेमीमा कक्षा ८ मा अध्ययनरत सुधा विद्यालयबाट घर फर्किएपछि बिहीबार दिउँसो साढे २ बजे परिवारका कुनै सदस्यलाई खवर नगरि घरबाट
October 11 2010
विद्यार्थी हत्या विरोधमा नेपालगन्जमा प्रदर्शन
काठमाडौ २३ असोज । नेपालगन्जका दुई विद्यार्थी हत्याको विरोधमा बाँकेका एक दर्जनभन्दा बढि शैक्षिक क्षेत्र संवद्ध सङ्घसंस्थाहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् ।
October 09 2010
६ जना स्कुले बालक बेपत्ता
काठमाडौ २२ असोज । दाङको सैघा गाबिस वडा नम्बर ५ खोलीगाउँका ६ जना स्कूले बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ६ बर्षीय शंकर रोका ७ बर्षीय आकाश पुन ९ बर्षीय बिशाल गुरुङ ६ बर्षीय जयबहादुर बुढा १४ बर्षीय सन्तोष घर्ती र ११ बर्षीय बिजय पुन रहेका छन् ।
October 08 2010
१३ शिक्षक कार्वाहीमा
काठमाडौ, २१ असोज । पुर्व जानाकारी विना विद्यालयमा अनुपस्थित भएको भन्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जिल्लाका १३ शिक्षकलाई कार्बाही सरुप तलव कट्टी गरीदिएको छ ।
October 07 2010
माटोको ढिस्कोले पुरीएर २ जनाको ज्यान गयो
काठमाडौ २० असोज । सुर्खेतमा माटोको ढिस्कोले पुरिएर आज बिहान १ जनाको ज्यान गएको छ । दसैका लागि घर पोत्ने माटो लिन गएको बेला दशरथपुर ४ गोरामारेकी २० वर्षका गौरी चन्दको माटोको ढिस्कोले पुरिएर
October 06 2010
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.