काठमाडौँ । गत शनिबार तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको ईश्वरी भुजेलको विभत्स हत्या प्रकरणलाई जोडेर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आफ्नो नाम मुछिएको भन्दै चर्चित झाँक्री प्रकाश भुजेलले गम्भीर आपत्ति जनाएका छन् । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक समाचार फैलाइएको भन्दै उनले कानुनी उपचारमा जाने बताएका छन् ।
गएको शनिबार लोलाङ पैँयुटारमा नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । प्रहरीले मुख्य अभियुक्त थापासहित अन्य तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।
उक्त घटना सार्वजनिक भएसँगै केही अनलाइन र युट्युब च्यानलहरूले झाँक्री प्रकाश भुजेलको पनि संलग्नता रहेको भन्दै भ्रामक शीर्षक र सामग्रीहरु राखेर प्रकाशित गरेका थिए । यसप्रति कडा असन्तुष्टि जनाउँदै भुजेलले उक्त घटनामा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि किसिमको संलग्नता नरहेको बताएका छन् ।
मृतक ईश्वरी भुजेल तिहारमा टीका लगाएको बहिनी रहेको बताउँदै भुजेलले भने, `यो निकै दुःखद र निन्दनीय घटना हो । मृतक ईश्वरी भुजेल तिहारमा टीका लगाएको मेरी बहिनी थिइन् । मैले उनलाई र उनले मलाई टीका लगाइदिएकी थिइन् । उनको दु:खद निधनले मलाई स्तब्ध बनाएको छ ।`
उनले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग समेत गरे । प्रहरीसँग प्रत्येक्ष समन्वय गरेर दोषीलाई कडा कारबाहीको लागि सम्बन्धितत निकायलाई खबरदारी गरिरहेको उनको भनाइ छ । उनले दुःखद घटनालाई हतियार बनाएर चरित्र हत्या गर्ने उद्देश्यले केही सञ्चारमाध्यमले आफ्नो नाम जोडेर गलत अफवाह फैलाइरहेको र त्यसमा कुनै संलग्नता नभएको स्पष्ट पारे ।
आफ्नो नाम जोडेर भ्रामक समाचार सम्प्रेषण गर्ने केही अनलाइन न्युज पोर्टल तथा युट्युब च्यानलहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराइसकेको उनले जानकारी दिए । `भ्यूजका लागि कसैको जीवन र प्रतिष्ठामाथि खेलबाड गर्न पाइँदैन । गलत र भ्रामक समाचार प्रकाशित गर्ने ती अनलाइन र युट्युब च्यानलहरूविरुद्ध मैले प्रेस काउन्सिलमा उजुरी दिइसकेको छु,´ झाँक्री भुजेलले भने । अन्य अनलाइन पोर्टल र युट्युव च्यानलविरुद्व पनि कानुनी कारबाहीको लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
उनले घटनाको सत्यतथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण गरेर समाजमा भ्रम नफैलाउन मिडियालाई अनुरोध समेत गरेका छ



प्रतिक्रिया