धराबासीको ‘लिलाबोध’ चैत २३ गते


काठमाडौं, २१ चैत । नेपाली साहित्य क्षेत्रका चिरपरिचित तथा वरिष्ठ साहित्यिक स्रष्टा कृष्ण धराबासी द्धारा लिखित दार्शनिक कृति ‘लिलाबोध’ सार्वजनिक गरिने भएको छ ।

यही चैत्र २३ गते बुधबार दिनको तीन बजे पर्यटन बिकास बोर्डको लेक्चर हलमा धराबासीद्धारा लिखित ‘लीलाबोध’ कृतिको सार्वजनिक तथा विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

प्रमुख अतिथि बैरागी काइलाले लिलाबोध सार्वजनिक गर्ने छन् भने कृति विमर्श कर्ता तर्फ संजीव उप्रेती रहने छन् ।

नेपाली साहित्य क्षेत्रका चिरपरिचित तथा वरिष्ठ साहित्यिक स्रष्टा कृष्ण धराबासीको नाम नसुन्ने मानिस सायदै होलान । उनले लेखेका अधिकाशं पुस्तकहरू बजारमा लोकप्रिय छन्।

आमा कथा संग्रह, राधा उपन्यास, झोला कथा संग्रह लगायत दर्जनौँ पुस्तक पाठक सामु पस्केका वरिष्ठ साहत्यिकार धरावासीको केही दिनमै सार्वजनिक गरिने दर्शनको किताब ‘लिलाबोध’ बाहेक तत्काल तल्लोबाटो उपन्यास प्रकाशनको तयारीमा छन्।

२०३४ सालमा ईन्दबहादुर राईले साहित्यमा २० सुत्रिय लिला लेखनको घोषणा गरेपनि यो लेखनको मोटो किताव नेपाली पाठकले पढ्न पाएका थिएन । २०४५ सालदेखि यताका साहित्यक कृतिहरूमा लिला लेखनको प्रवृत्तिलाई समातेर लेख्ने सात्यिकार धराबासि हुन । यस लेखनको वा राईले घोषणालाई धराबासिले पुरा गरेका छन्।

राईले विभिन्न अन्तरवार्तामा बोल्नु भएको थियो तर साहित्यकार धराबासिले राईकै कथालाई आधार मानेर ०५३ सालमा लिलालेखन कृति प्रकाशन गरेपनि यो नै लिला लेखनको ठुलो पुस्तक हो ।

यो लेखनको सैद्धान्तिक पुस्तक नलेखिएको स्थितिमा उनले यो कृति बजारमा ल्याएका हुन् । आफ्ले राईको सिद्धान्तलाई व्याख्या गर्ने प्रयास गरेको बताएका छन् ।

Skip This

Omoda E5 Pro