एमालेबाट काठमाडौं मेयरमा शाक्यको उम्मेद्धवारी


काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा मालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेद्वार बनाउने निर्णय  गरेको छ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहानैदेखि अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालले गरेको छलफलपछि यस्तो निर्णय भएको हो। छलफलबाट बाहिर निस्किँदै दाबेदार शाक्यले आफूले टिकट पाएको बताउँदै मनोनयन दर्ताका लागि सभागृह तर्फ लागेका छन्।

यसअघि काठमाडौं मेयरमा एमालेबाट केशब स्थापित्को नाम चर्चामा थियो । तर अन्तिममा आएर एमाले शीर्ष नेताहरुले शाक्यलाई नै उम्मेद्धवार बनाउने निर्णय गरेका हुन् ।