धुर्मुस–सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने


काठमाडौं, २२ जेठ । राजधानीमा आयोजित एक कार्यक्रममा ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका छन् ।

हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गर्दै भने,‘हामीलाई जग्गा उपलब्ध भएकै दिन हामी शिलान्यास गर्नेछौ, शिलान्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ, अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा लिएर प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो उनि बताउछन्।

उनले सरकारको साथको अपेक्षा गर्दै भने,‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’

‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिने उनको भनाई थियो । साथमा, उनले नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने सुनाए ।

सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे । उनले भने‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’

‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै हुनेछ ।

कार्यक्रममा फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले यो सपना केही बर्ष अगाडि देखेको बताएकी छिन् । उनले भनिन्,‘‘अहिले यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’

तस्बीर-मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro