राष्ट्रिय गौरवको योजना सफल पार्नु सवै नेपालीको कर्तव्य हो : धुर्मुस


गाईजात्राको अवसरमा रिपोटर्स क्लबमा कलाकारहरुको प्रस्तुति 

शरद रेग्मी, तुलसीपुर , २४ । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले निमार्ण गर्न लागेको एकिकृत नयाँ नेपाल परियोजना लाई सहयोग गर्न सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नु भएको छ ।

आज दाङको तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा धुर्मुसले ललितपुरको लेलेमा शुरु गर्न लागेको राष्ट्रिय गौरवको योजनालाई सफल पार्न सहयोग गर्न उहाँले सवैमा आग्रह गर्नु भएको हो ।

धुमुर्स सुन्तलि फाउन्डेसन नेपालले ललितपुरको लेलेमा करिव ५ अरबको लगानीमा नेपालका १ सय २५ जातिको सस्कृति तथा रहन सहनलाई संसारमै परिचित गराउने उदेश्यले शुरु गरेको आयोजना सफल भए आर्थिक रुपमा नेपालले ठुलै फडको मार्ने समेत उहाँले बतउनुभयो ।

कार्यक्रममा बोल्दै धुर्मुसले करिव ३ करोड नेपालीले प्रति ब्यक्ति २ सय उठाए मात्रै पनी ६ अरव संकलन हुने , त्यस्तै विदेशमा रहेका ४० लाख नेपालीले
प्रति ब्यक्ति २ हजार मात्रै संकलन ८ अरव संकलन हुने भन्दै सवैको ईच्छा शक्ति भए आयोजना सहजै पुरा हुने बताउनु भयोे ।

उहाँले सो को लागि प्रकृया समेत अगाढी बढिसकेको बताउनु भयो । देश चिनाउन आफुले दिनरात देशको लागी भारीबोकेर काम गरीरहेको बताएका धुर्मुुसले सवैलाई सकारात्मक सोचको विकास गर्नपनी आग्रह गर्नु भयो । सो अवसरमा देश विकास गर्न मनको
सफाई गर्न आवस्यक रहेको धुर्मुसले बताउनु भयो ।

रिर्पोर्टस क्लब दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा बोल्दै उहाले नेपाल सरकारका सरसफाई दुत समेत रहेका कलाकार धुर्मुसले देश तथा आफ्नो समाजको विकासको लागी हरेक नागरीकले पहिला आफुभित्र रहेको दिमागको सफाई गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै कलाकार धुर्मुसले भन्नु भयो “जसको दिमाग सफा हुन्छ त्यसले मात्र देश र समाजको नेतृत्व लिन सक्छ ” अनि मात्र पुरा देश विकसीत बन्न
सक्छ । आफु देशको जिम्मेवार नागरीक भएकोले कलाकारीताको पेशाबाट चर्चा सँगै नाम र दाम दुबै कमाउन सक्षम हुदा हुदै पनी देशको पिडालाई नजिक बाट
नियालेपछी देश विकासको लागी आफुसँगै आफ्नो श्रिमतीले दिनरात केहीनसोचेर भारी बोकीरहेको बताउनु भयो ।

दाङको तुलसीपुरमा चलीरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अन्तर्गत बुधवार बिहान तुलसीपुरमा हुने बृहत सरसफाई अभियान तथा
सरसफाई अभियान हस्तान्तरनका साथै बैंक अफ काठमान्डुले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ गते तुलसीपुरमा आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागी हुन तुलसीपुर आएका कलाकार धुर्मुसले देशमा भुकम्प पछी बस्ती निर्माण कार्यमा नेपालीले दिएको सहयोगको उच्च प्रशंसा समेत गर्नुभयो ।

तुलसीपुर संग भावनात्मक समन्ध रहेको भन्दै धुर्मुसले सबै नेपाली युवाहरुलाई देश विकासको लागी आफ्नो ठांउबाट जुट्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका सँयोजक बिमल रिजाल ,कलाकारहरु शुरबीर पंडित (दारी बा), पल्पसा डँगोल (चम्सुरी ), बैङ अफ काठमाण्डुका गणेश लम्साल लगाएतकाले सरसफाईको बिषयमा बोल्नु भएको थियो ।

साथै कार्यक्रममा धुर्मुुस लगाएतका कलाकारहरुले आज परेको गाईजात्राको अवसरमा बिभिन्न प्रस्तुती समेत राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार
धुब्रराज न्यौपानेले गरेका थिए ।

यसैविच धुर्मुस सहितका कलाकारहरुलाई तुलसीपुर उद्योग बाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । संघका अध्यक्ष बिरु रावतको अध्यक्षता तथा कलाकार सिताराम कट्टेल धुर्मुसको प्रमुख आत्थ्यितामा भएको कार्यक्रममा बोल्दै कट्टेलले तुलसीपुर उद्योग बाणिज्य संघले थालेको सामाजिक कार्यको प्रशंसा गर्नु भएको थियो ।

सो अवसरमा सरसफाई अभियानका संयोजक एव संघका निर्वतमान अध्यक्ष विमल रिजाल लगाएतकाले बोल्नु भएको थियो ।कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रिले गर्नु भएको थियो ।

Skip This