देशभर बाढिको बितण्डा, ज्यान गुमाउनेको संख्या ३५ पुग्यो , दिनभर भारि बर्षा हुने मौसमविद्को भनाई

0
Shares

काठमाडौ, २९ साउन । तिनदिन देखिको बर्षातको कारण मधेसमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले वितण्डा मच्चाएको छ । मुलुकभर बाढी र पहिरोमा परि ३० जना भन्दा बढिको मृत्यु भईसकेको छ । तराईमा हजारौं प्रभावित भएका छन् । पानीसँगै हुरि बतास चलेको खबर प्राप्त भएको छ ।

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ का मैते सार्किको छोरी सरिता सार्किको बेटेखेत खोलामा बगेर बगेर मृत्यु भएको छ भने उदे सार्कीको छोरी मन्जु सार्की गम्भीर घाइते भएकी छिन ।

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ । तर गृहमन्त्रालयसँग आधिकारी तथ्य अहिलेसम्म आएको छैन् ।

त्यस्तै कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ का मैते सार्किको छोरी सरिता सार्किको बेटेखेत खोलामा बगेर बगेर मृत्यु भएको छ भने उदे सार्कीको छोरी मन्जु सार्की गम्भीर घाइते भएकी छिन । मृतक सार्की सहित मृत्य हुनेको संख्या ३५ पुगेको छ ।

मुलुकभरका नदिको वहाव बढेर खतराको संकेत नाघेको छ । कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।

नदीहरुमा आएको बाढी गाउँ पस्दा झापा, मोरङ सुनसरी, सप्तरी, रौतहट, सल्लाही, दाङ, बाँके सहितका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् ।बाढी पूर्वानुमान शाखाले तराई मधेसका जिल्लाहरुमा डुबानको खतरा कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

शाखाका अनुसार तराई क्षेत्रका नदीहरुमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सहत बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथि पुगिसकेको छ । यस्तै मध्य पहाडी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले धनजनको क्षति भएको छ ।

 

Skip This

Omoda E5 Pro