एमालेले अहिले मधेशमा एनजिओको आडमा चुनाव लड्दैछ : पूर्वमन्त्री नायक


बडहरामाल सिरहा, २७ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अजयशंकर नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा भोट माँग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता नायकले एमालेलाई मधेश विरोधी पार्टीको सज्ञा दिए । उनले थपे,“एमालेले अहिले एनजिओ, आईएनजिओको आडमा चुनाव लडिरहेको छ, तर उसले मधेशमा आफ्नो जनमत नै गुमाईसको छ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता नायकले मधेश र मधेशी जनताहरुको लागि लड्ने एकमात्रै पार्टी आफ्नो पार्टी भएको समेत जिकिर गरे । “मधेशी जनताको अधिकार स्थापित गर्नको लागि हाम्रो पार्टीले सुरुवातदेखि नै संघर्ष गरेको छ, अहिलेपनि हामीले संविधान संशोधनमार्फत मधेशी जनताको माँग सम्बोधन गर्न ईमानदार प्रयास गरेकै हो, तर एमालेको कारण प्रस्ताव असफल भयो,” उनले भने।

त्यस्तै उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीले ४० देखि ६० स्थानमा विजयी हाँसिल गर्ने समेत प्रक्षेपण गरे । उनले भने,“हाम्रो प्रारम्भिक आँकलन हेदा कम्तिमा ४० सिट हामी जित्छौं, त्यो भन्दा पनि धेरै सिट जित्ने संभावना छ।”

 

Skip This

Omoda E5 Pro